neapl investment mega bank
  • गृहपृष्ठ
  • काँग्रेसका प्रवक्ता शर्माद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग रकम हस्तान्तरण

काँग्रेसका प्रवक्ता शर्माद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग रकम हस्तान्तरण

Mar 26th, 2020

काठमाडौँ, चैत १३

नेपाली कांग्रेसका प्रवक्ता बिश्व प्रकाश शर्माले सहयोग रकम हस्तान्तरण गरेकाछन । प्रवक्ता शर्माले शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिहरूले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेका हुुन ।

नेपाली जनसम्पर्क समिति साइप्रससहित संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारका नेपाली पनि पठाएको रकम नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरेका हुन् । साइप्रस, यूएई, कतार र साउदी अरेबियाबाट प्राप्त एक लाख ३५ हजार चार सय ४१ रूपैयाँमा कांग्रेस प्रवक्ता तथा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख शर्माले १० हजार रूपैयाँ थपेर हस्तान्तरण गरेका हुन्।‘कोरोनाजस्तै प्रश्नमा नेपालको अनुसन्धान दक्षता बढाऔँ भन्ने आग्रहसाथ साइप्रसको नेपाली जनसम्पर्क समिति, साउदी, यूएई र कतारमा रहेका साथीहरूले जम्मा गरेर पठाएको एक लाख ३५ हजार चार सय ४१ रूपैयाँमा १० हजार थप गरेर आविष्कार केन्द्रमा पुगेर सुम्पिएँ, श्रदेय महावीर पुनलाई नेपाली मनले पठाएको धन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ’ शर्माले भने।महामारीको जोखिममा नेपालले केही योगदान गर्न सक्ने अभिप्रायले नै देशबाहिर रहेका नेपालीले आविष्कार केन्द्रलाई सहयोग गरेकाले यो कार्यमा आफ्नो पहलकदमी निरन्तर हुने आविष्कार केन्द्रका प्रमुख पुनले बताएकाछन ।

‘सानो–सानो प्रयासबाटै ठूला आविष्कार सम्भव भएको हो, हामीले गरिरहेको काम सानो होला, सीमित स्रोतसाधन होला, आशा गनुपर्छ, विस्तारै दायरा फराकिलो हुनेछ, पुुनले सहयोग रकम लिंदै भने ।