काठमाडौ, चैत १३
बीमा समितीले जीवन बीमा कम्पनीहरुलाई बीमा शुल्कमा व्याज नलिन निर्देशन दिएको छ । समितीले आज बिहिबार बीमा कम्पनीहरू नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशनमा समितीले भनेको छ, बिश्वव्यापीरुपमा फैलिएको कोराना भाईरसको संक्रमणको अवधि तत्काल एकीन गर्न व्यवहारिक नभएकाले कोरोना संक्रमणको कारणले प्रभावित जीवन बीमा सम्वन्धी बीमा शुल्क कार्य चैत मसान्तसम्म स्थगन गरी परिस्थिती सामान्य भएपछि बिना व्याज संकलन गर्ने व्यवस्था मिलाउनुु पर्ने छ । बीमा अवधि समाप्त भएको बीमा लेखको हकमा सम्वन्धीत बीमितको लिखित अनुुरोध (बिद्युुतीय माध्यमबाट प्राप्त) को आधारमा बीमालेख नबिकरण हुुने व्यवस्था मिलाउनु पर्नेछ ।
यसैगरी समितीले अभिकर्ता ईजाजत नबिकरण गर्नको लागि बीमक मार्फत समितीको नबिल बैंकमा रहेको खाता नम्वर ०११००१३०११००१ मा चैत मसान्तभित्र शुल्क जम्मा गरी भौचर पेस गरी जरिवाना लाग्नेछैन भने सर्भेयर ईजाजतपत्र नबिकरण गर्नको लागि समितीको नबिल बैंकमा रहेको ०११००१३०११००१ मा चैत मसान्तभित्र शुल्क जम्मा गरी भौचर पेस गरे जरिवाना लाग्ने छैन । निर्जिवन बीमा कम्पनीहरुले पनि तत्कालै उत्पन्न हुुने दावी भुक्तानीको लागि बिद्युुतीय माध्यमबाट यथेष्ट प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुुरुन्तै सर्भेयर खटाई क्षति एकीन गरी दावी भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्ने छ ।
जीवन बीमकले पनि अवधि समाप्ती पछिको बीमा रकम बिद्युुतीय माध्यमबाट बिमितको खातामा जम्मा गर्ने व्यवस्था मिलाउने तथा अन्य बीमा दावीको हकमा बिमितले बिद्युुतीय माध्यममार्फत निवेदन गरेमा यथेष्ठ प्रमाण संकलन गरी अपस्था सामान्य भएपछि यथाशिघ्र दावी भुक्तानी गर्ने व्यवस्था मिलाउन समितीले निर्देशन दिएको छ ।