neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रेस काउन्सीलद्धारा प्रभावकारीरुपमा आचारसंहिता अनुगमन

प्रेस काउन्सीलद्धारा प्रभावकारीरुपमा आचारसंहिता अनुगमन

Mar 26th, 2020

काठमाडौ, चैत १३

प्रेस काउन्सिलले आमसञ्चार माध्यमको अनुगमनलाई तीव्र बनाएको छ । कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा झन कडाइ गरिएको काउन्सीलले जानकारी दिएको छ ।

अनुगमनको क्रममा २०७६ चैत्र १० गते विभिन्न २१ वटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे स्पष्टिकरण सोध्ने, सचेत गराउने र १६ वटाको त्यस्ता सामाग्री सम्प्रेषण नहुने व्यवस्था मिलाउने काम भएको छ भने २०७६ चैत ११ गते १ वटासँग स्पष्टिकरण मागिएको छ । त्यस्तै सूचीकरण तथा दर्ता नभएका ५ वेबसाइट नेपालमा नखुल्ने गरी प्रबन्ध मिलाइएको छ । कोरोना संक्रमण रोकथामको लागि देशभर आवतजावत बन्द गरी आमजनता घरभित्रै बसिरहेको अवस्थामा पनि काउन्सिलले दैनिक ७ जनाका दरले कार्यालयमा उपस्थित भएर र बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तो संवेदनशील घडीमा सम्पूर्ण सञ्चार माध्यमलाई सत्यतथ्य, आधिकारिक र पुष्टि हुने समाचार समाग्री मात्र सम्प्रेषण गर्न आग्रह गरिएको समेत काउन्सीलले जनाएको छ ।