neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

Mar 26th, 2020

काठमाडौँ, १३ चैत (रासस)

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र कतारले पठाएको रकम नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार अविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गर्नुभयो ।

पार्टीको विभिन्न सम्पर्क समितिबाट पठाएको रु एक लाख ३५ हजार ४४१ मा प्रवक्ता शर्माले रु १० हजार थपेर अविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको हो । प्रवक्ता शर्माले खाडी मुलुकमा काम गर्ने नेपालीले आविष्कार केन्द्रका लागि उठाएर पठाएको रकम हस्तान्तरण गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो । “कोरोना सङ्क्रमणबाट लड्न सबै नेपाली हातेमालो गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

केन्द्रका प्रमुख पुनले कोरोना सङ्क्रमणको जोखिमका बीच पनि विदेशमा बसेका नेपालीले केन्द्रलाई सहयोग गरेकोमा धन्यवाद दिनुभयो । सबै नेपालीको हातेमालो नै केन्द्र अगाडि बढ्ने उहाँको भनाइ थियो ।