काठमाडौ, चैत १२
लक्ष्मी ग्रुप, देशको एक अग्रणी कर्पोरेट हाउसले नेपाल सरकारबाट स्थापति र सञ्चालित विशेष “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष“ मा एक करोड को आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । बिश्वका बिभिन्न देशमा कोरोना भाइरस संक्रमण भयाभह रुप लिदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढै गएको अवस्थामा नेपाल सरकारद्धारा स्थापित उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग गर्ने छ ।
यसका साथै ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पतालहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंग को लागि फिवर क्लिनिकहरु स्थापना गर्ने पहल शरु गरेको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउने छ र हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारको रुपमा कार्य गर्नेछ । उक्त क्लिकमार्फत जो पछिल्ला १४ दिनमाविदेशमा रहेका थिए, जो कोविड १९ संक्रमितमानिसको सम्पर्कमा आएको हुन सक्ने, जसमा सम्भावित लक्षणहरु जस्तै ज्वरो वाज्वरो बिना रुघा, खोकी देखाएको छ, जो संक्रमित भए भनेर चिन्तित छन् तर कुनै पनि प्रकारको लक्षण देखिएको छैन र परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीहरूका लागि सेवा दिईने छ ।
यस्ता किलनिक को मुल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई किलनिक मार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने गर्दछ । जसले गर्दा अस्पतालका आपतकालिन बिभाग वा संक्रमण रोकथाम बिभागका स्रोतसाधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित हुन मद्दत गर्दछ । अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको छ र त्यसैले यसले कोविड् १९ को व्यवस्थापन र रोक्थाममा महत्वपूर्ण भूमिका खेलेको छ ।
लक्ष्मी ग्रुपले सधैें यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेका छ । ग्रुपका केहि उल्लेखनीय सहयोगमा २०१५ को महाँभूकम्पमा नेपाल रेड क्रसलाई सहयोग, ललितपुरमा सेरेब्रलपाल्सी सेन्टर, श्री चन्द्रोदय आधारभूमि विद्यालय, गोरखा को पुनर्निर्माण, बिन्द्याबासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न कार्यहरुमा रहेका छन् ।
नेपालमा हाल आएको कठिन परिस्थितिलाई संम्यमताका साथ सामना गर्नका साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पुर्ण नेपालीलाई आफनो आफनो क्षेत्रबाट सहयोग गर्न लक्ष्मी गु्रपले अपिल समेत गरेको छ ।