neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड–१९ः प्रदेश प्रमुख कलौनीद्वारा एक महीनाको पारिश्रमिक सहयोग

कोभिड–१९ः प्रदेश प्रमुख कलौनीद्वारा एक महीनाको पारिश्रमिक सहयोग

Mar 25th, 2020

सुर्खेत, १२ चैत (रासस)

कर्णाली प्रदेशका प्रमुख गोविन्द्रप्रसाद कलौनीले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा प्रतिकार्यका लागि एक महीनाको पारिश्रमिक सहयोग गर्ने भएको छ ।

नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’ मा एक महीनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख छ । उहाँले कोरोना भाइरसबाट नआत्तिन, आतंकित नहुन तर अधिकतमरुपमा सचेतना अपनाउन सबै नेपालीमा अपिल गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले जतिसक्दो घरमै सुरक्षित भएर बस्न र नेपाल सरकारले गरेको निर्देशन पालना गर्न सबैलाई आग्रह गर्नुभएको छ ।