neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउन उल्लङ्घन गर्ने २१० सवारी साधन प्रहरी नियन्त्रणमा

लकडाउन उल्लङ्घन गर्ने २१० सवारी साधन प्रहरी नियन्त्रणमा

Mar 24th, 2020

गाईघाट, ११ चैत (रासस)

कोरोना भाइरसबाट सजग हुन र एकअर्कामा सर्नबाट रोक्न सरकारले आजदेखि मुलुकभर एक साताका लागि शुरु गरेको लकडाउन अभियान उल्लङ्घन गर्ने २१० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका र चौदण्डी नगरपालिकाका विभिन्न स्थानहरुमा लकडाउन उलङघन गर्ने ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख बीरबहादुर बुढामगरका अनुसार बिहान ७ बजे देखि दिनको १ बजेसम्ममा जिल्लामा लकडाउन उल्लङघन गर्ने २१० सवारी साधन नियन्त्रणमा लिइसकिएको छ । लकडाउन उलङघन गर्ने सवारीका साधनमा १८० मोटरसाइकल र बाँकी ट्रक ,टेम्पो ,सुमो र ट्र्याक्टर रहेको प्रहरीले बताएको छ । लकडाउन उल्लङ्घन गर्ने सम्पूर्ण सवारी साधन एकहप्तासम्म प्रहरी नियन्त्रणमा रहने पनि प्रहरीले बताएको छ ।