neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेश १ सरकारद्धारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोडको कोष स्थापना

प्रदेश १ सरकारद्धारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोडको कोष स्थापना

Mar 24th, 2020

विराटनगर, चैत ११

प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमाप्रदेश सरकारका तर्फबाट १० करोड रकमजम्मा गरेको छ ।

उक्त कोषमा मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय भएको छ । साथै सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनकोरुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोना सम्बन्धि सूचनाहरु उपलब्ध गराउने छन् ।