neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर आग्रह

नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर आग्रह

Mar 24th, 2020

काठमाडौँ, ११ चैत (रासस)

विश्वलाईनै त्रसिद बनाई रहेको कोरोना भाइरस (कोभिड–१९) नेपाल भर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकार मन्त्रिपरिषदबाट भएको आज विहान ६ वजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्म अत्यावश्यक सेवामा संलग्न बाहेक कोही पनि घर बाहिर निष्कन नपाउने लगायतका निर्णय समेतलाई मनन गर्दै उक्त अवधिभर आफ्ना सबै उद्योग प्रतिष्ठानहरू बन्द गरी त्यहां कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ आफ्ना मातहतका सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठानहरूलाई हार्दिक अपिल गर्दछ ।

यस कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलता समेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउदै सुरक्षित रहन सवै उद्योगी व्यवसायी, कामदार कर्मचारीहरुलाई अपिल गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकारले जारी गरेका सवै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा आफ्नो ऐक्यवद्धता प्रकट गर्दै आ–आफ्ना स्थानंबाट सहयोग गरी सफल पार्न महासंघ आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठानहरू सहित सबैमा गम्भीर आग्रह गर्दछ ।