neapl investment mega bank
  • गृहपृष्ठ
  • सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा

सभामुखको एक महिनाको पारिश्रमिक केन्द्रीय राहत कोषमा

Mar 23rd, 2020

काठमाडौँ, १० चैत (रासस)

सभामुख अग्निप्रसाद सापकोटाले केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुभएको छ । विपद्सँग जुध्न कोष स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै उहाँले आफ्नो पारिश्रमिक कोषमा जम्मा गर्ने व्यवस्था गर्नुभएको हो ।

संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखामार्फत् सो रकम कोषमा जम्मा हुनेछ । सरकारले कोरोना (कोभिड–१९) विरुद्ध लड्न पूर्वतयारी स्वरुप आइतबार केन्द्रीय राहत कोष खडा गरेको थियो ।

यसैबीच, सभामुख सापकोटाले संघीय संसद् सचिवालयमा तयार गरिएको ‘आइसोलेसन’ वार्डको आज अनुुगमन गर्नुभएको छ । सिंहदरबारस्थित संसद् सचिवालयको १ नम्बर भवनमा तयार गरिएको आइसोलेसनको अनुुगमन गर्दै उहाँले सबै खाले तयारीमा जुट्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुुभयो ।

कोरोना भाइरस सङ्क्रमित भेटिए अस्पताल पु¥याउनुअघि वार्डमा राख्ने व्यवस्था गरिएको संसद् सचिवालयअन्तर्गतको स्वास्थ्य एकाइका चिकित्सक पुस्पराज रिजालले जानकारी दिनुुभयो ।