neapl investment mega bank

अठार किलो गाँजासहित पक्राउ

Mar 23rd, 2020

पर्सा, चैत १०

बहुदरमाई नगरपालिका ५ बाट अवैध लागूऔषध गाँजा १८ किलो सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मन महतो कोईरी र पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने ५० वर्षीय मन्द्रिका सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर ०५ एफ ६५६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पर्सा, पर्सा वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट ओनरेक्स ९९ बोतल र नाईट्रोभेट २ सय ७० ट्याब्लेट सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ हटिया बस्ने २७ वर्षीय बिजय रोक्कालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ह ८९६७ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।