काठमाडौ, चैत १०
कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले बेलहिया नाकामा सावुुन पानीले हात धुुने व्यवस्था गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्याक्रम अन्तर्गत रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारतसिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण बाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको हो । साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना उपलब्ध गराएको छ । बैंकको अनुरोधमा यसै बैंकका अशल ग्राहक बाबुल निर्माण सेवाका प्रोप्राईटर श्री नफिस अहमदले १ टिपर मिस्कट गिटी तथा बालुवा उपलब्ध गराउनु भएको छ ।
उक्त कार्यक्रममा बैंकका ५ नं. प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापाले उक्त सामाग्रिहरु रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहवरमा ईलाका प्रहरी कार्यालय बेलहियाका ईन्चार्ज (ईन्स्पेक्टर) ईश्वरी अधिकारी ज्यूलाई हस्तान्तरण गरेका हुुन । सो कार्यक्रममा रुपन्देही जिल्लाका प्रहरी उपरिक्षक हेम कुमार थापा, सशत्र प्रहरी उपरिक्षक तेज पोख्रल, साथै उक्त क्षेत्रका सामाजिक अभियान्ता रमेश थापा, बिभिन्न संचार माध्यमबाट उपस्थित संचारकर्मीहरु लगायत बिभिन्न समाजसेवी, स्वयंसेवकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सुरुवात प्रमुख जिल्ला अधिकारी पन्त र कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक थापाले संयुक्त रुपमा सावुन पानिले हात धोएर शुरु गरेका थिए । यस्तो संबेदनशिल अबस्थामा सिमा नाकामा उक्त किसिमको व्यवस्था नभएकोमा बैंकले यस खालको सहयोग गरेकोमा बेलहिया प्रहरी कार्यालयका ईन्चार्ज (ईन्स्पेक्टर) ईश्वरी अधिकारी लगायत बिभिन्न महानुभावहरुले बैंकको उक्त कार्यको प्रशंसा गरेका थिए । । साथै उक्त क्षेत्रमा कोरोना संक्रमण रोकथामका लागि बैंकले अन्य किसिमका सहयोग गर्नुपर्ने भएमा समेत सहयोग गर्ने प्रतिबद्धता बैंकका निर्देशकले व्यक्त गरे ।