आधारभूमी संवाददाता
काठमाडौं, चैत १०
कोरोना भाइरसको त्राशमा सबैभन्दा पहिले नेपालमा प्रभावित भएको क्षेत्र पर्यटन हो । पर्यटन अन्र्तगत पर्ने होटल तथा रेष्टुराहरु केहि बन्द भए भने केहि बन्द हुने चरणमा छन् ।
विदेशी पाहुनाको आगमने छैन । कोरोनाको संक्रमण हुने डरले आन्तरिक पर्यटकहरु घुम्नपनि कम गरेका छन् । जसका कारण कुल गार्हस्थ उत्पादनमा २ प्रतिशतको योगदान दिने होटल तथा रेष्टुराको व्यवसाय चौपट भएको छ । ७ दशमलव ७७ प्रतिशतको योगदान गर्ने निर्माण क्षेत्र पनि विदेशी कामदार नभएका कारण प्रभावित भएको छ ।
अत्वाश्यक बाहेक अन्य बस्तुहरुको बिक्री घटेकाले उद्योग क्षेत्रपनि प्रभावित छ । त्यसमाथि यहाँका उद्योगले अधिकांश कच्चा पदार्थ बिदेशबाटै मगाउने गर्छन् । ७ दशमलव शुन्य ६ प्रतिशतको योगदान गर्ने शिक्षा क्षेत्र पनि अहिले प्रभावित भएको छ । कृषि क्षेत्र त यसअघि नै धानको उत्पादन घटेका कारण प्रभावित भइनै सकेको थियोे ।
विश्व अर्थतन्त्र नै दुई दशमलव पाँच प्रतिशतले घट्ने आकलन भइरहेका छन् । जसका कारण यो वर्ष नेपालको आर्थिक बृद्धि पनि प्रभावित हुने देखिन्छ। सरकारले यो वर्ष ८ दशमलव ५ प्रतिशतको आथिृक बृद्धि गर्ने लक्ष्य लिएको छ ।
यसअघिका तीन वर्षमा निरन्तर सात प्रतिशतको आर्थिक बृद्धि लिएकाले सरकारले लिएको यो लक्ष्य उच्च भने होइन । तर नवनिर्माणका काम अघि बढाउन नसक्नु र कृषि क्षेत्रको उत्पादन घट्दा यो लक्ष्य हासिल नहुने निश्चीत भएको थियो ।
अब झनै निर्माण, शिक्षा , पर्यटनमा देखिएको असरका कारण यो झनै प्रभावित हुने देखिन्छ । आर्थिक बृद्धि हासिल अब कोरोनाको प्रभावमा नेपालमा अझै कति पर्छ भन्नेले निर्धारण गर्नेछ ।
कोरोना भाइरसको त्राश फैलनु अघि नै आर्थिक बृद्धि ५ प्रतिशत हुने केहि बिज्ञहरुको तर्क थियो । अब झनै यो खुम्चेर ४ देखि ५ प्रतिशतमा सिमित रहन सक्छ । त्यसैले अब सरकारले लगानीका लागि स्वास्थ्य , मझौला उद्योग र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्छ ।