neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ

अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ

Mar 23rd, 2020

सुर्खेत, १० चैत

वीरेन्द्रनगर नगरपालिका-११ अछामी डाँडाबाट सोही ठाउँ बस्ने २२ वर्षीय महेश सुनारलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ सय १० मिलीग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकास्पद अवस्थामा रहेका सुनारलाई प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३ पुरियामा रहेको उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।