काठमाडौं, चैत ९
कोरोना संक्रमित हुनबाट बचाउन बाहुबली सिमेण्टले स्यानीटाइजर र मास्क वितरण गरेको छ । बाहुबली सिमेण्टको उत्पादक बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.नेपालमा अत्यधिक क्षमता युक्त सिमेण्ट उत्पादक हो, जसले प्रत्येक दिन २००० टन सम्म सिमेण्ट उत्पादन गरी देशभर रहेको आफ्नो बलियो बिक्री सन्जाल मार्फत् सिमेण्ट आपूर्ति गर्दै आएको छ । हाल विश्वभर सन्त्रास फैलाएको कोरोना भाइरस–कोभिड १९ सँक्रमण हुनबाट जोगिन विश्वभर नाक मुख मास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रा.ली.को सहकार्यमा उक्त अभियानलाई सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिकउत्तरदायित्वको अभिभारा बहन गरेको छ ।
कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्तभएको अध्ययनहरुले देखाएका छन् । हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भैरहेका छन्, जसको लागि नेपाल सरकार तथानागरिकहरु एवं जिम्मेवार निकायहरुले भरमग्दूर प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिन आमनागरिकहरुलाई हातधुन स्यानीटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भिडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् ।
“हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भैरहेको यस घडीमा यहाँका नागरिकहरुलाई सीमित संख्यामै भएपनिमास्क र स्यानीटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं । वास्तवमा भन्ने हो भनें देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथ दिन हामी कहिल्यै पछि पर्ने छैनौ ।”बालाजी सिमेण्ट इण्डष्ट्रिज प्रा.लि.का प्रवन्ध निर्देशक गौरव गाडियाले बताएकाछन । हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यदि आवश्यक परेमा यो अभियानलाई देशैभर फैलाउने लक्ष्य कम्पनीले लिएको छ ।
बालाजी सिमेण्ट इण्डष्ट्रिजको बारेमा
यो कम्पनीको कारखाना चन्द्रौटा, कपिलवस्तुमा रहेको छ । कारखानाले प्रत्येक दिन २००० टन सम्म सिमेण्ट उत्पादन गर्ने क्षमता राख्दछ । देशैभर व्यापकबिक्री सञ्जाल भएको हुँदा सिमेण्टको उपलब्धता सहज र सुलभ छ । कम्पनीले अत्याधुनिक प्रविधि भिआरएम प्रविधिको प्रयोग गरेर सिमेण्ट उत्पादन गर्ने गरेको छ । बालाजी सिमेण्टको उत्पादन बाहुबली सिमेण्ट ओपिसि, पिपिसि र पिएससि गरी ३ विविधतामा पाइन्छ, जसको माग उपभोक्ताहरुमाझ अधिक रहँदै आएको छ ।