काठमाडौ, चैत ९
नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा गीत तयार पारिएको छ ।
‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ ।
बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको हो । शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गरिनेछ ।
यस्तो छ गीतको शब्द
आउ माया गरौं, मान्छेले मान्छेलाई
प्रकृतिलाई, संसारलाई माया गरौं
let’s love; love humans, this nature, the world
आवाज मिलाउं र कदम कदम मिलाउं
महामारीबाट संसार जोगाउं
आउ माया गरौं !
Break the chain
उनीहरु छन् त्यसैले तिमी छौ
तिमी छौ र त उनीहरुमा आशा छ
You exist because of them
And in you, they have hope
आशाको दियोले विश्वास जगाउं
साथ साथ रहौं तर सचेत बनौं
मान्छे र मान्छे मिलेर मान्छेको वस्ती जोगाउं
आउ माया गरौं
Lets love
Break the chain.