neapl investment mega bank
  • गृहपृष्ठ
  • लक्ष्य अनुरुप राजस्व संकलन हुन सकेन, फागुन सम्ममा जम्मा ५ खर्ब ७० अर्ब संकलन

लक्ष्य अनुरुप राजस्व संकलन हुन सकेन, फागुन सम्ममा जम्मा ५ खर्ब ७० अर्ब संकलन

Mar 22nd, 2020

आधारभूमी संवाददाता

काठमाडौं, चैत, ९

यो वर्ष सरकारले लक्ष्य अनुरुप खर्च गर्न सकेको छैन । लक्ष्य अनुरुप सरकार राजस्व सकंलन गर्न सकेको छैन ।

फागुन मसान्तसम्म सरकारले जम्मा ५ खर्ब ७० अर्ब रुपैयाँ मात्रै राजस्व संकलन छ । गत वर्षको राजस्व संकलनको तुलनामा करिब १२ प्रतिशतको वृद्धिदर भएपनि यो लक्ष्यभन्दा निकै कम हो ।

राजस्व संकलन र खर्च कम भएपछि अर्थ मन्त्रालयले ११ खर्ब १२ अर्ब ३ करोड राजस्व संकलन गर्ने भनिएकोमा करिब पाँच प्रतिशत घटाई १० खर्ब ५६ अर्ब ७० करोड रुपैयाँ मात्रै संकलन गर्न सक्ने नयाँ लक्ष्य निर्धारण गरेको छ । जुन पनि संकलन हुन कठिन हुन देखिन्छ ।

विशेषत आयातमा आएको संंकुचनका कारण भन्सार नाकामा राजस्व संकलन हुन सकेको छैन ।

भन्सार नाकाको राजस्वका गिरावट आएको छ । फागुन मसान्तसम्म भन्सारले ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरिएकोमा त्योभन्दा १ खर्ब १३ अर्ब रुपैयाँ कम संकलन भएको छ ।

साथै सरकारले लक्ष्य अनुरुप बिकास खर्च पनि गर्न सकेको छैन । कुल विनियोजित बजेटको करिब २४.०७ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

आर्थिक वर्षको ६ महिनासम्म पुँजीगत खर्च १५ प्रतिशत भएपछि बाँकी अवधिमा ८० प्रतिशत पु¥याउने लक्ष्य समेत फेल खाएको छ ।

यसै त सरकारी खर्च कम भइरहेका बेलामा विश्वभर फैलिदै गएको कोरोनाका कारण निर्माण प्रभावित भएको छ । जसले पनि पुँजीगत खर्च अझै न्युन हुने धेरैको आकलन छ।

चालु आवका लागि ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेकामा ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ मात्रै खर्च हुने गरी अर्थले बजेट संशोधन गरेको छ । जुन पनि खर्च हुने संभावना अत्यन्त न्युन छ ।

बिकासका आयोजनाको निर्माण अहिले प्रभावित भएको छ । चिनीयाँ तथा विदेशपि नागरिक रहेका आयोजनाको काम पुरै प्रभावित भएकाले पनि पुँजीगत खर्चमा सरकारल असफल हुने देखिएको हो ।