neapl investment mega bank
  • गृहपृष्ठ
  • प्राधिकरणद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्तकता अपनाउन आग्रह

प्राधिकरणद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सर्तकता अपनाउन आग्रह

Mar 20th, 2020

काठमाडौं, चैत्र ७

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कताका सबै उपायहरु अवलम्बन गर्न पुनर्निर्माण तथा पुनर्स्थापनासँग सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ को संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट कोभिड १९संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गरिएका निर्णयहरुको कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।

’२०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण तथा पुनर्स्थापना कार्य जारी रहेका बेला कोभिड १९ विश्वव्यापी रुपमा नै स्वास्थ्यमा प्रभाव पारेकाले विशेष सतर्कता अपनाउनु पर्ने अवस्था सिर्जना गरेको छ ।यसै अवस्थालाई ध्यानमा राखी पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यमा नेपाल सरकारद्वारा माननीय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट २०७६ साल चैत्र ५ गते कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गरिएका निर्णयहरुको कार्यान्वयन गर्दै सुरक्षा तथा सतर्कताका सबै उपायहरु अवलम्बन गर्न पुनर्निर्माण तथा पुनर्स्थापनासँग सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिन्छ’ प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।