neapl investment mega bank
  • गृहपृष्ठ
  • यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ

यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा २३ जना पक्राउ

Mar 20th, 2020

काठमाडौं, ७ चैत

काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेश प्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई तोकिए भन्दा बढी भाडा असुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।