neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल उद्योग बाँणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभा जेठ सात गते

नेपाल उद्योग बाँणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभा जेठ सात गते

Mar 20th, 2020

काठमाडौ, चैत ७

नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५४ औं बार्षिक साधारण सभा आगामी जेठ सात र आठ गते गर्ने निर्णय गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाको अध्यक्षतामा महासंघ सचिवालयमा वसेको पदाधिकारी समितिको बैठकले उक्त निर्णय गरेको हो ।

महासंघद्धारा जारी बिज्ञप्तीमा भनिएको छ, कोरोना भाइरसका कारण उत्पन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थिति समेतलाई आंकलन गर्दै कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न भएको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकका निर्णय समेतलाई आधार मान्दै महासंघको यही चैत्र २८ र २९ गतेका लागि पूर्व निर्धारित ५४ औं वार्षिक साधारण सभा र निर्वाचन कार्यक्रम स्थगन गरी नयां मिति २०७७ साल जेष्ठ ७ र ८ गते काठमाडौंमा गर्ने निर्णय गरिएको हो ।

बैठकले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालन मार्फत सहयोग पु¥याउने, कोरोनाका कारण उद्योग व्यवसायमा पर्ने असरका सम्बन्धमा विज्ञहरू समेतको संलग्नतामा अध्ययन गरी सुझाव तयार गरेर सरकारमा पेश गने समेतको निर्णय गरेको छ ।

यसैगरी बैठकले महासंघका सवै सदस्य संघ÷संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निश्पक्ष रूपमा विक्रि वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह समेत गरेको छ ।