neapl investment mega bank
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंकको प्रदेश–५ मा विभिन्न सहुलियत सहितको सम्झौता

मुक्तिनाथ विकास बैंकको प्रदेश–५ मा विभिन्न सहुलियत सहितको सम्झौता

Mar 18th, 2020

काठमाडौ, चैत ५

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रदेश–५ अन्तर्गत दाङ्ग, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ ।

बैकका अनुुसार कृष्णसार रिर्सोट प्राली, ग्रिनपिस माध्यमिक बिद्यालय सहितका पाँच वाट संस्थामा १० देखि २५ प्रतिसतसम्म छुुट हुुने छ । बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, निःशुल्क डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

छुट प्राप्त गर्न सकिने स्थानहरुः

क्र.सनाम ठेगाना छुट
भिङग्रेलीभिलेज रिसोर्ट घोराही, दाङ्ग सम्पूर्ण सेवामा १०%
पार्क फुड क्याफे एण्ड लजप्रा.लि तुल्सीपुर, दाङ्ग सम्पूर्ण सेवामा १०%
डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्ट प्रा.लि. तुल्सीपुर, दाङ्ग सम्पूर्ण सेवामा १०%
कृष्णसार रिसोर्ट प्रा.लि गुलरीया, बर्दिया
खानातथा पेय पदार्थमा२०%
ग्रीनपिस माध्यमिकविद्मालय भर्ना शुल्कमा२५% कोहलपुर, बाँके भर्ना शुल्कमा२५%