neapl investment mega bank
  • गृहपृष्ठ
  • मास्क र सेनिटाईजरको कालोबजारी गर्ने व्यक्तिहरू पक्राउ

मास्क र सेनिटाईजरको कालोबजारी गर्ने व्यक्तिहरू पक्राउ

Mar 18th, 2020

काठमाडौ, चैत ५

मास्क र सेनिटाईजरको कालोबजारी गर्ने व्यक्तिहरू पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुुका अनुसार महामारीकोकोरुपमा बिश्वव्यापी फैलिएको कोरोना भाईरसबाट वच्न अनिवार्य मास्क, सेनिटाईजर जस्ता सामानको प्रयोग गर्नु भनी बिभिन्न संचार माध्ययमबाट नागरिकहरुलाई प्रचार प्रसार गरीरहेको अवस्थामा काठमाण्डौ उपत्यकाभित्र सहजरुपमा पाईने मास्क, सेनिटाईजर जस्ता सामानहरुको कालोबजारी गर्ने कार्यमा संलग्न रहेका रुपेश रौनियार, पुरुषोत्तम अधिकारी र मिना घिमिरे सहिका तीन व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

ति व्यक्तिहरुले उत्पादन गर्ने उद्योग, व्यवसायीहरुले कृत्रिम अभाव गराई मालको मुल्य वृद्धि गराएर अनुचिन नाफा लिई विक्री वितरण गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले मंगलबार दिउँसो काठमाण्डौको बिभिन्न स्थानहरुबाट रौनियार, अधिकारी र घिमिरेलाई जम्मा मास्क ११ हजार चार सय ५५ थान, सेनिटाईजर जम्मा १५ सय पाँच बोतल तथा सेनिटाईजर खरिद बिक्रीको बिलहरु सहित पक्राउ गरी कालोबजारी तथा अन्य केही सामाजिक अपराध कसूरमा आवश्यक कारवाहीको लागि बुुधबार महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाईएको जानकारी दिएको छ ।