neapl investment mega bank

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Mar 17th, 2020

काठमाडौं, ४ चैत

काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भई भक्तपुर ठिमी बस्ने ५० वर्षीय बुद्धि बहादुर राउत लगायत ६ जनालाई नगद ५३ हजार ९ सय ६५ रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

रामपुर नगरपालिका-७ डुम्रिगाउँ बस्ने ३८ वर्षीय यम बहादुर सारुको घरमा जुवातास खेलिरहेको अवस्थामा सारु लगायत ५ जनालाई नगद ४१ हजार ४ सय २२ रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।