neapl investment mega bank
  • गृहपृष्ठ
  • दुबई पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

दुबई पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Mar 17th, 2020

काठमाडौं, चैत ४

दुुवई पठाईदिन्छुु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुुका अनुसार बाग्लुङ ढोरपाटन न.पा. वडा नं. ०४ खुङ्गा स्थायी घर भई हाल का.जि.रानीवन बस्ने प्रेम बहादुर घर्ती मगरको छोरा बर्ष ३८ को शिव कुमार घर्ती मगरले वैदेशिक रोजगारको सिलसिलामा दुबईमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वाास दिलाई विभिन्न मितिहरुमा नौ जना व्यक्तिहरुको रकम लिई फरार रहेका थिए ।

फरार भएका घर्तीले नौ जना व्यक्तिहरुको १० लाख ५३ हजार एक सय रुपैयाँ लिई सम्पर्क विहीन भई अलपत्र पारी रकम ठगी गरेको भनि खगेन्द्र चौधरी समेतले विभिन्न मितिमा यस कार्यालयमा जाहेरी दिएका थिए । सो अनुुरुप अनुसन्धानको क्रममा महाशाखाबाट खटिएको प्रहरी टोलीले घर्ती यही चैत तीन गते का.जि.का.म.न.पा. वडा नं.२६गंगबुचोक नजिक फेला पारी पक्राउ गरी आज मंगलबार महानगरीय प्रहरी परिसर काठमाण्डौ टेकुमा आवश्युक थप अनुसन्धान तथा कारवाहीको लागी पठाईएको महाशाखाले जानकारी दिएको छ ।