neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा करीब एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद

एपीएफ टोलीद्वारा करीब एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद

Mar 17th, 2020

रौतहट, चैत ४

रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित दालमिल ईलाकाबाट एपीएफ टोलीले चैत्र ३ गते करीब एक लाख ४२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।

डी एल ९ एस ए डी ३३७२ नम्वरको भारतिय मोटरसाईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मूल्य बराबरको औषधी सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिनोदकुमार चौधरीको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले त्यसबेला उक्त औषधि ल्याउन प्रयोग भएको उक्त मोटरसाईकलसमेत बरामद गरेको छ ।

बरामद औषधी तथा मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मूल्य ६० हजार रुपैयाँ रहेको छ ।