neapl investment mega bank
  • गृहपृष्ठ
  • पोम्पेओको इराकलाई चेतावनी : अमेरिकीमाथिको आक्रमण ‘सहन नसकिने’

पोम्पेओको इराकलाई चेतावनी : अमेरिकीमाथिको आक्रमण ‘सहन नसकिने’

Mar 17th, 2020

वासिङ्टन, ४ चैत (रासस/एएफपी)

इराकस्थित अमेरिकी सैनिक आधार शिविरमा श्रृङ्खलावद्ध घातक रकेट आक्रमण भएकोप्रति अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार चासो व्यक्त गर्दै इराकलाई अमेरिकी नागरिकमाथिको कारबाही रोक्न आग्रह गर्नुभएको छ । उहाँले अमेरिकाले इराकस्थित अमेरिकी सैन्य शिविरमा भएका आक्रमणको आवश्यक बदला लिने चेतावनी दिनुभयो ।

इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीसँग आइतबार टेलिफोन वार्ता गर्दै पोम्पेओले भन्नुभयो, “हामीले अमेरिकी नागरिकको जीवनमाथिको आक्रमण र चेतावनीलाई सहन बाध्य हुने छैनौँ।”

“इराकी सरकारले जिहादी समूहको आक्रमणबाट सुरक्षा र सहयोगका लागि त्यहाँ तैनाद अमेरिकी सैनिक गठबन्धनको रक्षार्थ सहकार्य गर्नुपर्छ,” अमेरिकी विदेशमन्त्रालयले वार्ताबारे जानकारी दिन सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

बग्दादको उत्तरी क्षेत्रमा रहेका इराकी सैन्य शिबिरमा विदेशी ९अमेरिकी० सेना तैनाद गरिएको छ भने त्यहाँ इराकी विद्रोही समूहबाट निरन्तर श्रृङ्खलावद्ध आक्रमण प्रयास हुने गरेका छन् । गत साता भएका रकेट आक्रमणमा अमेरिकी सेनाका दुई सैनिकको मृत्यु भएको थियो भने त्यसपछि पनि आक्रमणको श्रृङ्खला नरोकिएको अमेरिकाको दावी रहेको छ ।