neapl investment mega bank

राप्रपामा एकता पछि पहिलो मनोनयन

Mar 16th, 2020

काठमाडौ, चैत ३

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा, डा.प्रकाश चन्द्र लोहनीले सहमतिका आधारमा पार्टीको अन्तरिम विधान अनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् । राप्रपामा सचिवालय प्रमुखमा भास्कर भद्रा (ललितपुर) र ध्रुब बहादुर प्रधान (नवलपरासी) तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ (कैलाली) र गणेश चन्द (बैतडी) लाई मनोनयन गरिएको छ । राप्रपा र राप्रपा संयुक्त बीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरि फागुन २८ गते एकताको घोषणा भएको थियो । राप्रपामा पार्टी एकता पछिको यो पहिलो मनोनयन हो ।

आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको र अन्य पदहरुमा पनि यथासक्य चाँडो मनोनयन हुने तयारी भइरहेको राप्रपाका नेता मोहन श्रेष्ठले बताएका छन् ।