आधारभूमी संवाददाता
काठमाडौं ,३ चैत्र
गभर्नर नेपालको अवकाशको मिति नजिकिएसँगै भावी गर्भनर बन्नका लागि विभिन्न व्यक्तिहरुको दौडधूप शुरु भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले पर्सी अर्थात चैत ५ देखि अवकाश पाउँदैछन् ।
राष्ट्र बैंकको नयाँ गभर्नरमा धेरैको आकांक्षा छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. मीनबहादुर श्रेष्ठ उच्च आकांक्षको साथ भावी गभर्नरको लविंङमा छन् ।
अहिले बरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारीमा चिन्तामणि शिवाकोटीले कायम मुकायम गर्भनरको जिम्मेवारी पाउने वताइएको छ ।
यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले योग्य व्यक्ति गभर्नर बनाउने भनिरहेका छन् भने गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा.युवराज खतिवडालाई जिम्मेवारी दिएका छन् । अर्थमन्त्रीले सचिव राजन खनाललाई गभर्नर बनाउन चाहेको तर प्रधानमन्त्री नमानेको कारण अन्य प्रतिस्पर्धी मैदानमा उत्रिएको स्रोत्रको दावी छ ।
त्यस्तै नेपाल बैक लिमिटेडका वर्तमान अध्यक्ष बासुदेव अधिकारी, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली लगायतले गभर्नर बन्न लबिङ शुरु गरेको अधिकारीहरुले जनाएका छन् ।
कसरी गरिन्छ नियुक्ति
नेपाल राष्ट्र बैंक ऐन २०५८ (दोस्रो संशोधन २०७३) मा बहादलवाला गभर्नरको कार्यकाल सकिन १ महिना बाँकी हुदै गभर्नर नियुक्त गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । गभर्नर नियुक्तिको लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेर गभर्नरको सिफारिस गर्नुपर्ने हुन्छ ।
समितिमा पूर्वगभर्नरमध्येबाट एक जना र अर्काे एक जना आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपाल सरकारले तोकेको एक जना सदस्य हुने कानुनी व्यवस्था छ ।
त्यस्तै गभर्नर पद रिक्त भएपछि सरकारले बरिष्ठ डेपुटी डेपुटी गभर्नरलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिनुपर्ने कानुनी व्यवस्था छ ।
गर्भनर नियुत्तिमा यस्ता व्यवस्था भएपनि वर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकाल तीन दिन मात्र बाँकी रहे पनि सरकारले छनोट समितिसमेत बनाएको छैन । गभर्नर छनोट गर्न अर्थमन्त्रीको अध्यक्षतामा तीन सदस्यीय समिति बनाउने प्रावधान छ तर, सरकारले गभर्नर नियुक्तिका लागि बाटो खोलेको छैन ।