neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन्सद्वारा सडक आश्रित मानवमुक्त अभियान नेपाललाई सहयोग

सिटिजन्सद्वारा सडक आश्रित मानवमुक्त अभियान नेपाललाई सहयोग

Mar 16th, 2020

काठमाडौ, चैत ३

सामान्य जीवनयापनको लागि पनि दैनिक मागेर हिंड्नु अवस्था पिडादायक हुन्छ । बिकल्पहरुको अन्त्य भएपछि मानिसहरु विपक्ष्तता तथा अति गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन यहि कुरालाई ध्यानमा राखी “सम्मान” नेपालले सडक आश्रित मानवमुक्त अभियान नेपाल सञ्चालन गरेको छ । सो कार्यलाई सफल पार्नको लागि सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ सहयोग गरेको छ । यस पवित्र कार्य र यस्ता कार्यहरुलाई बैंकले भविष्यमा पनि बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

बैंकले हाल ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ । अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीदगर्दा २० प्रतिसतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।