neapl investment mega bank

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

Mar 16th, 2020

ललितपुर, ३ चैत

ललितपुर महानगरपालिका-१३ नख्खुदोबाटो बस्ने ७२ वर्षीय काईचा महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काईचा महर्जन, गोपीलाल तामाङ, रुद्र बहादुर थापा, प्रेम गुरुङ, राम पाख्रिन र सन्त वहादुर घले रहेका छन् । महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।