neapl investment mega bank

अवैध लागूऔषध गाँजा सहित पक्राउ

Mar 16th, 2020

सर्लाही, ३ चैत

लालबन्दी नगरपालिका-१ लखनदेही खोलाबाट अवैध लागूऔषध गाँजा ११ किलो सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा महोत्तरी, महोत्तरी गाउँपालिका-१ पर्सा बस्ने २४ वर्षीय सुनिल यादव र सोही ठाउँ बस्ने २९ वर्षीय राम प्रताप यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले ज.३ प ६०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक सुनिल र मोटरसाइकलमा सवार रामलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।