neapl investment mega bank
  • गृहपृष्ठ
  • भन्सार छली ल्याएका करिब ६ लाख रुपैयाँ बराबरका कपडा बरामद

भन्सार छली ल्याएका करिब ६ लाख रुपैयाँ बराबरका कपडा बरामद

Mar 15th, 2020

काठमाडौं, २ चैत

काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट रा.१ च ९४३ नम्वरको गाडीमा भन्सार छली ल्याएका करिब ६ लाख रुपैयाँ बराबरका ८ वटा बोरामा रहेका कपडाहरु आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

उक्त गाडीलाई जाँच गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा बिल भर्पाई नभएको कपडाहरु फेला पारी गाडी चालक रुकुम आठबिसकोट नगरपालिका-४ बस्ने ४८ वर्षीय द्रोण केसीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कपडाहरू चितवनबाट काठमाडौं ल्याउँदै गरेको खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान तथा कारवाहीको लागि सवारी चालक, सवारी साधन तथा बरामद गरिएको कपडाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।