neapl investment mega bank

सुनका गहना तथा नगद लुटपाट

Mar 15th, 2020

नुवाकोट, २ चैत

शिवपुरी गाउँपालिका-५ कुखुरे बस्ने ३७ वर्षीया रत्न लामाको २ तोलाको सुनको सिक्री १ थान, १५ लालको औंठी थान १, नगद ३ हजार ५ सय रुपैयाँ र मोबाइल २ थान लुटपाट भएको छ । साथै सोही ठाउँ बस्ने ८८ वर्षीय रामसिंह तामाङको घरबाट उनकी श्रीमतीले लगाएको आधा तोलाको तिलहरी शनिबार दिउँसो लुटपाट भएको छ ।

सोही ठाउँ बस्ने २७ वर्षीय उमेश तामाङ लगायत ३ जनाले उक्त लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शेराबगरबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।