neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Mar 15th, 2020

काठमाडौं, २ चैत

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार एम्पुल, बुप्रेनोर्फिन नुफिन १ हजार एम्पुल र फेनरागन १ हजार एम्पुल सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बीरगंज महानगरपालिका-१३ बस्ने ५२ वर्षीया मैयादेवी श्रेष्ठ र सोही नगरपालिका-१५ बस्ने २४ वर्षीया ज्योती बराल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कपिलवस्तु, शिवराज नगरपालिका-५ बाट लागूऔषध चरेश १८ केजी ५ सय ग्राम सहित सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित डेरा गरी बस्ने दाङ हाँसीपुर गाउँपालिका-२ बस्ने ३१ वर्षीय रमतुल्ला मिंया, दाङ राप्ती गाउँपालिका-१ बस्ने ४१ वर्षीय जितमान मिंया र रोल्पा सुनछहारी भित्रिगाम बस्ने ४१ वर्षीय गब्बी बुढा रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।