neapl investment mega bank
  • गृहपृष्ठ
  • सिभिल बैंक र विवेक अटो मोवाईल्सबिच सम्झौता

सिभिल बैंक र विवेक अटो मोवाईल्सबिच सम्झौता

Mar 15th, 2020

काठमाडौं, चैत २

सिभिल बैंक लिमिटेड र विवेक अटोमोवाईल्स्बिच व्यबसायीक सहकार्य सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङतथा विवेक अटो मोवाईल्स्का तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेकाछन ।

सम्झौता अनुसार विवेक अटो मोवाईल्स्बाट पियाजियो ब्राण्डका तीन पाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटो मोवाईल्स्को सिफारिसमा सिभिल बैंक लिमिटेडले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुबिधा प्रदान गर्ने छ । सो कर्जा नेपाल राष्ट्र बैंकद्वाराजारी छ प्रतिसत व्याज अनुदान कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा संचालित व्यवसायिक फर्महरुलाई प्रदान गरिने छ । सो अनुदान पछि वार्षिक व्याजदर छ दसमलव ९८ प्रतिसतमा सो कर्जा सुबिधा प्रदान गरिने छ ।

हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्र्ब रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व रुपैयाँ कर्जा लगानी गरेका छ भने सिभिल बैंकको ११२ वटै शाखाहरु मार्पmत योकर्जा सुबिधा प्रदान गरीने पनि बैंकले जनाएको छ ।