neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Mar 15th, 2020

बाँके, चैत २

नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर ५ ग्राम सहित पाँचथर हिलेवाँङ गाउँपालिका-६ बस्ने कमल मैनालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।