neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Mar 15th, 2020

काठमाडौं, २ चैत्र

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका-२ दमौली घर भएका ४६ वर्षीय हेम सिंह शाहीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

शाहीले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका-२६ अमृतमार्ग ठमेलस्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।