neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २२ जना पक्राउ

Mar 15th, 2020

काठमाडौं, २ चैत्र

दाङ, घोराही उपमहानगरपालिका-१४ लखन पार्क नजिक रोल्पाली सृष्टी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा रोल्पा रुन्टिगढी गाउँपालिका-६ निगलपानी बस्ने ५३ वर्षीय दुर्गा पुन सहित ९ जनालाई नगद १ लाख ७१ हजार ५ सय ८० रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्याङजा, पुतलीबजार नगरपालिका-१० राङखोला बस्ने रन बहादुर गुरुङको आँधीखोला रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ समेत ८ जनालाई नगद ४८ हजार ६ सय रुपैयाँ सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने बहादुर सिंह खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-५ बस्ने ४९ वर्षीय मोहन भट्ट लगायत ५ जनालाई नगद १ लाख ३६ हजार ४ सय २० रुपैयाँ र ४ गड्डी तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।