neapl investment mega bank
  • गृहपृष्ठ
  • नगद ४ हजार रुपैयाँ दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने पक्राउ

नगद ४ हजार रुपैयाँ दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने पक्राउ

Mar 15th, 2020

काठमाडौ, चैत २

ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एकजना पक्राउ परेका छन् । दरवारमार्गबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीले शंका लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा बा २८ प ४०४२ नम्बरको मोटरसाईकल चालक प्रेम नाथ सेडाईलाई पक्राउ गरेको हो ।

उक्त मोटरसाईकल चालक सेडाईले सवारी चलाउँदा कागजपत्र साथमा नराखी चलाएका थिए । उनले डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न आर्थिक प्रलोभनमा पार्न खोज्दा शनिवार ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधनसहित महानगरीय प्रहरी वृत्त,कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।