neapl investment mega bank
  • गृहपृष्ठ
  • स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

स्पेनमा एकै दिनमा थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

Mar 15th, 2020

म्याड्रिड, २ चैत , (रासस/एएफपी)

स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ । यूरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ ।

स्पेनमा हालसम्म १३६ व्यक्तिको कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भइसकेको छ ।

स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक विरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने कदमहरूलाई प्रभावकारी बनाउने बताएको त्यहाँका अधिकारीले बताएका छन् ।

उक्त देशले शनिबार आपतकालिन अवस्था घोषणा गर्ने अपेक्षा गरिएको भएपनि समाचार तयार पार्दासम्म स्वास्थ्य आपत्काल घोषणा भने गरिएको छैन ।