आधारभूमी संवाददाता
काठमाडौं, चैत २
नागरिक लगानी कोषले सञचालनमा ल्याउन लागेको मार्केट डिलर आगामी बैशाख देखि बजार प्रवेश गर्ने भएको छ । तर अझै पनि कार्यविधी निर्माणको काम भने सकिएको छैन ।
कम्पनी दर्ताको काम सकिएृको छ । माघमा कम्पनी दर्ताको काम सर्किएको भएपनि कर्मचारी भर्ना र कार्यविधी बनाउने काम अझै बाँकि छ ।
सरकारले धितोपत्र दलाल, ब्यापारी तथा बजार निर्माता नियमावली २०६४ मा बजार निर्माताको अवधारणा अघि सारेको थियो । तर विश्वबजारमा बजार निर्माताको अवधारणा पुरानो भइसकेकाले यो नियमावली आएको तीन चार वर्ष नबित्दै फेरी स्टक डिलरको अवधारणा अघि सारियो । र , आर्थिक वर्ष २०७२/०७३ को बजेमा नागरिक लगानी कोषलाई स्टक डिलरको रुपमा अघि बढाउने घोषणा नै गरियो ।
स्टक डिलर सञ्चालनका लागि नागरिक लगानी कोषबाट ३ जना, पुनर्बीमा कम्पनीबाट १ जना र दूरसञ्चार कम्पनीबाट १ जना बोर्ड सदस्यमा जाने भएका छन्।
नागरिक स्टक डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ। जसमा नागरिक लगानी कोष, पुर्नबीमा कम्पनी र दुरसञ्चार कम्पनीको साढे ३ अर्ब रहेको छ भने सर्वसाधारणको साढे १ अर्ब रहने छ। यसबाट स्टक डिलरले कारोबार गर्ने छ।
स्टक डिलरले बजारमा सेयरको आपुर्ति कम भएका बेला सेयर बेच्छ भने बजारमा सेयरको उपलब्धता अधिक भएका बेलामा सेयर खरिद गर्छ । तर यसरी खरिद वा बिक्री गर्दा नाफा हुने निश्चीन्त भएपछि मात्रै उसले कारोबार गर्छ ।
अहिले आम लगानीकर्ताले बजार ठूलो मात्रामा बढ्न र घट्न नदिनका लागि यो उपयोगि हुने ठानेका छन् । तर बिज्ञहरु यो वास्तवीकता नभएको तर्क गर्छन् ।