neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना भाईरसका कारण बायुसेवा निगमद्धारा उडान कटौंती

कोरोना भाईरसका कारण बायुसेवा निगमद्धारा उडान कटौंती

Mar 13th, 2020

काठमाडौ, फागुन ३०

कोरोना भाइरस (कोभिड १९) का कारण यात्रु संख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ । जस अनुसार दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं दिल्ली– काठमाडौं उडान मार्च १५ देखि लागु हुने गरी एउटा मात्र गरिनेछ । अब विहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको छ ।

बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिल सम्म स्थगित गरिएको छ । बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ । काठमाडौं दोहा बीचको उडान फागुन २७ गते देखिनै अर्को सूचना नभए सम्मका लागि स्थगित गरिसकिएको छ ।

उपरोक्त उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ भने टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।