neapl investment mega bank

नियन्त्रित लागूऔषध सहित पक्राउ

Mar 13th, 2020

काठमाडौं, ३० फागुन

गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँबाट नियन्त्रित लागूऔषध तथा मनोद्विपक पदार्थ बुप्रेनोर्फिन ६ सय ६० एम्पुल, डाईजेपाम ५ सय ९१ एम्पुल, फेनारगन ६ सय १५ एम्पुल, नाईट्राभेट ५ सय ४० ट्याव्लेट र नगद १ लाख ९४ हजार ५ सय रुपैयाँ सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-७ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेसीगाउँ डेरा गरी बस्ने रवि भन्ने राजिव तामाङ र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-७ घर भएका २१ वर्षीय सरोज राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध तथा नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।