neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

Mar 12th, 2020

काठमाडौ, फागुुन २९

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति सम्बन्धी तालिम सम्पन्न गरेको छ । २०७६ साल, फाल्गुण महिनामा आयोजित सो तालिम कम्पनीको प्रधान कार्यालयका सम्पुर्ण कर्मचारीहरु सहित काठमाडौं उपत्यकाका सबै शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरुको सहभागितामा कम्पनीको प्रधान कार्यालय, टेकुमा सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

उक्त तालिम कम्पनीका अनुपालन अधिकृत दिपककुंवरले प्रस्तुत गरेका थिए । उनले गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिए ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दशरथ मनी खड्का, सहायक महाप्रबन्दक दिपबहादुर बि. सि., प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयालको उपस्थितीमा भएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वय नगर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए । साथै यस प्रकारको कार्यक्रम देशभरी क्रमशः विस्तार गरिने समेत बताए ।