neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकको नयाँ शाखा कपिलवस्तुको गोरुसिङेमा

सिद्धार्थ बैंकको नयाँ शाखा कपिलवस्तुको गोरुसिङेमा

Mar 12th, 2020

काठमाडौ, फागुुन २९

सिद्धार्थ बैंकले कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकका अनुसार बुुधबार एक समारोहकाबिच उक्त शाखाको समुुद्धघाटन गरिएको हो ।

बैंकले सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा विस्तार पश्चात् बैंकको कुल शाखा सञ्जाल संख्या १८३ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ वटा एटिएम र १,६०० भन्दा बढी पस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।