neapl investment mega bank
  • गृहपृष्ठ
  • आगलागीबाट मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

Mar 12th, 2020

काठमाडौं, २९ फागुन

बाँके, जानकी गाउँपालिका-३ स्थित नेपालगंज उपमहानगरपालिका-११ बिपि चोक बस्ने अमरजित सिंहको जय श्री सियाराम मेनु चप्पल फ्याक्ट्रीमा बुधबार राति करेन्ट सर्ट भई आगलागी हुँदा हाल नाम, थर, वतन, लिङ्ग समेत पहिचान हुन नसकेको शव घटनास्थलमा फेला परेको छ ।

आगोलागीबाट घाइते भएका सोही फ्याक्ट्रीका काम गर्ने जानकी गाउँपालिका-३ मानपुर बस्ने २४ वर्षीय दिपक कुमार चौहानलाई उपचारका लागि भेरी अस्पताल नेपालगंजतर्फ पठाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन् ।

सिरहा, बरीयारपट्टी गाउँपालिका-३ शिवनगरस्थित परालको टालमा बुधबार दिउँसो आगलागी हुँदा सोही ठाउँ बस्ने बिकाउ यादव र राम सुफल यादवको घर रहेको नगद २ लाख ५० हजार रुपैयाँ र अन्य समान समेत जलेर करिब १४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रौतहट, गरुडा नगरपालिका-५ झाजपुल बस्ने माधबनारायण नगरपालिका-४ बिसनपुर्वा बस्ने सोहराई ठाकुरको फर्निचर पसलमा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा फर्निचर लगायत विभिन्न सामान जलेर करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।