neapl investment mega bank
  • गृहपृष्ठ
  • धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको अभियोगमा पक्राउ

Mar 12th, 2020

कञ्चनपुर, २९ फागुन

आफ्नै १६ वर्षीय छोरा सुवर्ण चन्दलाई धारिलो हतियार प्रहार गरी हत्या गरको अभियोगमा भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने ३९ वर्षीय डम्बर चन्दलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।