काठमाडौं ,२८ फागुन
राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरु पार्टीलाई एक बनाउने महाअभियानमा जुटेका छन् । सो पार्टीका नेताहरु आज काठमाडौंमा भेला भएर राप्रपाबीच एकता घोषणा गरेका छन् ।
कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शम्सेर जबरा राणा तथा डा प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको पार्टी एक भएको हो ।
एकता धोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले गीताको पुस्तक छोएर पार्टी कहिल्यै पनि नफुट्ने बताएका छन्।
बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्त एकता घोषणा सभा सम्बोधन गर्दै अध्यक्ष थापाले कार्यकर्तालाई पार्टी फुट्दैन भनेर ढुक्क हुन आग्रह गरे ।
थापाले पार्टीलाई माया गर्ने कार्यकर्तालाई र मतदातालाई अब राप्रपा कहिल्यै पनि फुट्ने छैन भन्ने विश्वास दिलाउनु गीता छोएर कसम खाएका थिए ।
यस क्रममा उनले पार्टी फुटेमा नेतालाई मात्र गाली गर्नै नहुने वताए ।
पार्टी एकताको भोषण गर्न राष्ट्रियसभा गृहमा सभाको तयारीलाई ब्यापक पारिएको थियो । पार्टी एकता गर्ने विषयमा भने यसअघि नै तीन शीर्ष नेताहरुबीच सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
गत शनिबार राति राणाले नेतृत्व गरेको राप्रपा संयुक्त र थापाले नेतृत्व गरेको राप्रपाबीच पार्टी एकता गर्ने दश बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो।
यस घोषणा संगै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सामूहिक नेतृत्वमा चल्ने भएको छ।
पार्टीमा तीन अध्यक्ष रहने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राप्रपा संयुक्तबीच एकता भएको हो।
अब पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टी चलाउने छन्।