neapl investment mega bank
  • गृहपृष्ठ
  • अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा एक जना पक्राउ

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा एक जना पक्राउ

Mar 11th, 2020

मोरङ, २८ फागुन

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढिगंगा गाउँपालिका(३ बाँसबारी बस्ने २४ वर्षीय मुकेश कुमार महतोलाई सुनसरीको भण्टाबारीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको, अपहरणकारीले ३० लाख रूपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको जानकारी दिँदै गत शुक्रवार र शनिबार अपहरणकारीले आफूलाई लाहानमा आइतबार धनुषाको जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए ।
सोमबार उनका बाबुले २१ लाख रुपैयाँ फिरौतीको रकम दिएका थिए । घटनाको अनुसन्धानको क्रममा प्रहरीले तत्काल उनकै मुन्सी काम गर्ने बुढिगंगा गाउँपालिका-३ बासबारी बस्ने २५ वर्षीय कृष्ण राजबंशीलाई फिरौतीको रकम सहित पक्राउ गरेको थियो ।

मुकेश कुमारले आफूले १ वर्ष अगाडि ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नु परेको, अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकोले घर परिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।