neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्लोबल आईएमई बैंकद्वारा दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग

ग्लोबल आईएमई बैंकद्वारा दृष्टीबिहिन विद्यार्थीहरुलाई सहयोग

Mar 11th, 2020

काठमाडौ, फागुन २८

ग्लोबल आइएमई बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वत जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टीविहिन विद्यार्थीहरुलाई ट्रयाकसुट, रोटी मेकर र इलेक्ट्रिक आइरन हस्तान्तरण गरेको छ ।

संघीय सांसद पदम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमकाबिच उक्त सामाग्रीहरु सांसद गिरी र ग्लोबल आइएमई बैंक कुश्मा शाखाका शाखा प्रमुख प्रकाश शर्माले संयुक्तरुपमा हस्तान्तरण गरको हुुन ।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्री, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडी, विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागा“ई लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । बैंकले शिक्ष्ाँ, स्वास्थ्य, वातावरण, सरसफाई तथा विभिन्न सामाजिक क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दे आइरहेको छ ।